Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मिक्सरमा लुकाएर ल्याएको अवैध सुनसहित एक जना विमानस्थलबाट पक्राउ

काठमाडौं । कुवेतबाट काठमाडौं आएको जजिरा एयरबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुपन्देहीका २८ वर्षीय एक नेपाली यात्रु पक्राउ परेका हुन ।

विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा मिक्सरको भित्री भागमा फल्स बटम बनाई ल्याइएको १०० ग्राम सुन फेला परेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए ।

कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका सरोज कार्की यात्रुबाट सुन बरामद गरिएको उनले बताए ।

भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077