Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० सिरिज : नेपाल र जिम्बावे ‘ए’बीचको तेस्रो खेल आज

काठमाडौं । घरेलु टोली नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’बीचको तेस्रो टी-२० खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावेबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

घरेलु टोली नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन दाउमा छ । आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो ।

नेपाल र जिम्बावेबीचको दोस्रो टी-२० खेल भने वर्षाको कारण रद्द भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावेसँग सिरिज खेलिरहेको हो।

टी-२० सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077