Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोनाका कारण दुई वर्ष रोकिएको रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौं । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिँदै छ । आज बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्‍याइने भएको हो ।

आज गाःबहालका स्थानीयबासिन्दाले पर्वकै रुपमा आज भुज्याः मनाउँद छन् । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको छ ।

पुल्चोकमा निर्माण गरिएको रथमा गएको आइतबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै हेरक दिन दर्शनार्थीको भीड बढेको छ ।

पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइचो लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077