Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुख्खा पहिरो खस्दा दुई बालकको मृत्यु

जुम्ला । जुम्लामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु भएको छ ।

जिल्लाको तिला गाउँपालिका २ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा तीन वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको हो ।

जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुवै जना बालक घरको जग खनिरहेको स्थान नजिकै खेली रहेको अवस्थामा पहिरो खसेको हो ।

मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन् । पहिरोमा परेर रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा पनि घाइते भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077