Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्रका नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीको एआईजीमा डीआईजी नारायणदत्त पौडेल बढुवा सिफारिस भएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिको बैठकले बुधवार उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

रिक्त रहेको एआईजी पदमा पौडेललाई सिफारिस गरिएको बढुवा समितिको सचिवालयले एक सूचनामार्फत जानकारी दिएको छ ।

सशस्त्रमा एआईजीको दुई पद खाली भएपनि बढुवा समितिले एक सिटमा मात्रै बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077