Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : उपत्यकासहित पहाडी भू-भागमा सामान्य बदली

काठमाडौं । बुधबार रातिदेखि काठमाडौंसहित मुलुकका विभिन्न भागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उपत्यकामा रातिदेखि वर्षा भएको छ भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

राति पनि मौसममा बदली रही देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान छ भने वाग्मती प्रदेशसहित मुलुकका विभिन्न भागमा चट्याङसहित वर्षा हुने मौसम विभागको पूर्वानुमान छ ।

नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077