Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अज्ञात समूहद्वारा वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

धनुषा । धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेका छन् ।

नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै धारिलो हतियार भएकाे हाे । धारिलो हतियार प्रहार हुँदा यादव गम्भीर घाइते भएका हुन् ।

उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुवामाथि उनीहरूले आक्रमण गरेको दाबी गरे ।

घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए । उनको शरीरमा २० भन्दा बढी ठाउँमा टाँका लागेको छ । ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077