Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओली बयलगाडाका दार्शनिक हुन् : माधवकुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा कतिपय पालिकामा सहमति नभएका ठाउँमा सहमति जुटाउन नेताहरूलाई आग्रह गरेका छन् ।

बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कतिपय ठाउँमा बिगार्न खोज्नेहरू सक्रिय भएको बताएका हुन् ।

गठबन्धन दलहरूका शीर्ष नेता सहभागी सभालाई सम्बोधन गर्दै नेपालले भने, 'नमिलेका ठाउँमा मिलाउनुहोस्, तल कतिपय ठाउँमा बिगार्न खोजिरहेका छन् । सहमति नभएका ठाउँमा सहमति गर्नुस्। सहमति नगर्नेहरूलाई सम्झाउनुस्, तह लगाउने काम गर्नुस् '

यस्तै नेपालले केपी शर्मा ओली 'वयलगाडा दर्शन' का प्रवर्तक रहेको बताएका छन् । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै नेपालले केपी ओलीले भ्रम र गफको खेती गर्ने नेता रहेको बताएका हुन् ।

‘केपी ओलीज्यूको बखान गर्न जरुरी छैन । हजार जीव्रा भएका शेष नागको व्याख्या गर्न सकिदैन । उनी त वयलगाडा दर्शनका प्रवर्तक हुन् । बयलगाडा चढेर वासिङटन जानु र नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउनु उस्तै उस्तै कुरा हो भनेर निराशा छर्ने व्यक्ति हुन् ओली । गणतन्त्र विरोधी व्यक्ति । आज गणतन्त्र विरोधीसँग साँठगाँठ गर्दैछन् । त्यसकारण केपी ओली बयलगाडाका दार्शनिक हुन् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077