Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

हेलिकोप्टर खरिद गर्नुपर्ने माग गर्दै काठमाडौँ महानगर मेयरका उम्मेदवार आमरण अनसनमा

काठमाडौँ । महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दिएका दीपक सिलवालले आमरण अनसन थालेका छन् ।

सिलवालले सरकारले हेलिकोप्टर खरिद गर्नुपर्ने माग गर्दै आमरण अनसन सुरु गरेका हुन् ।

बिहीबारदेखि काठमाडौँको मध्य बानेश्वरमा रहेको चिनारी बोइज होस्टेलमा उनले आमरण अनसन थालेका हुन् ।

‘गर्भवती महिला सुत्केरी हुने बेला अकाल मृत्युबाट बचाउन उद्धारका लागि सरकारले छुट्टै हेलिकोप्टर खरिद गर्नुपर्छ भन्ने मेरो माग हो । नेपालका दुर्गम जिल्लाका गाउँ बस्तीमा सुत्केरी हुने बेला समयमै अस्पताल पुग्न नपाएका कारण धेरै महिलाले ज्यान गुमाउनु परेको छ’ उनले भने, ‘सरकारले यसका लागि हेलिकोप्टर खरिद गर्ने प्रतिबद्धता नजनाएसम्म मेरो आमरण अनसन जारी रहन्छ ।’

महानगरपालिकामा मात्र ध्यान नदिई देशका दुर्गम भेगमा महिलाको जीवन रक्षाका लागि उद्धार गर्न हेलिकोप्टर अत्यावश्यक विषय भएकोले त्यसका लागि अनसन बसेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077