Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराईले भने-'केशव स्थापित मिति सकिएको औषधी जस्तै हुन्'

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले काठमाडौंको महानगरमा सिर्जना सिंहले जित्ने दाबी गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिर्जना सिंहको प्रतिष्पर्धीको रुपमा रहेका नेकपा एमालेका नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिए ।

‘जितमा म त्यति समस्या देख्दिनँ । उहाँको प्रतिपक्षी उम्मेदवार जो हुनुहुन्छ, मैले टिप्पणी गर्नु उपयुक्त हुँदैन । उहाँ ९स्थापित०बारेमा पनि मलाई अलिकति भ्रम थियो । म प्रधानमन्त्री छँदा उहाँले पहिला राम्रै काम गर्नुभएको भनेर काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख पनि बनाएँ । तर उहाँ डेट एक्सपायर्ड औषधि, जुन काम नलाग्ने हुन्छ, जो प्रत्युत्पादक हुन्छ,ु उनले भने, ुम जस्तो एउटा उदारवादी, उनलाई निकालेको पनि हो । त्यसो भएकोले पनि उहाँ त अब निर्विकल्प सिर्जनाजी विजयी हुनुहुन्छ भन्ने विश्वास छ । अब जितिसकेपछि गर्ने के भन्ने प्रश्न हो, त्यतापट्टि उहाँको विशेष ध्यान पुगोस् ।’

अध्यक्ष भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा निर्विकल्प सिर्जना सिंह विजयी हुने उनको भनाई थियो । उनले अबको जित सुनिश्चित भइसकेकोले काठमाडौंलाई कसरी व्यवस्थित गर्ने भन्नेमा सोच्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077