Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

खोलाको बगरमा पुरिएको अवस्थामा सरकारी मोटरसाइकल भेटियो

काठमाडौं । नुवाकोटमा पुरिएको अवस्थामा सरकारी मोटरसाइकल फेला परेको छ ।

जिल्लाको लिखु गाउँपालिका ६ स्थित सिन्दुरे खोलाको बगरमा पुरिएको अवस्थामा सशस्त्र प्रहरीले प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी मोटरसाइकल फेला पारेको हो । यही बैशाख २१ गते फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक भाईमान राउतको कमाण्डमा निर्वाचन सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले खोलाको बगरमा मोटरसाईकलको ह्याण्डिलजस्तो वस्तु देखिएपछि त्यस ठाउँमा खोजतलास गर्दा मोटरसाइकल फेला पारेको थियो ।

मोटरसाईकललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077