Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रशिक्षार्थी कामदारका जापान पठाउन गरिएको सम्झौता नै अलपत्र

काठमाडौं । जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ।

जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ।

वैदेशिक रोजगार व्यवसायीले जापानमा रोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न नसक्दा र जिट्कोमार्फत नेपाली प्रशिक्षार्थी कामदार पठाउन रोजगारदाता पहिचान गर्न नसक्दा प्रक्रिया सुस्त भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका निर्देशक कृष्णप्रसाद भुसालले म्यानपावरले माग ल्याउन नसक्दा प्रशिक्षार्थी कामदार पठाउने काम सुस्त भएको बताए।

माग ल्याउन नसक्दा सम्झौता भएको करिब २ दशकपछि जापानका विभिन्न क्षेत्रमा प्रशिक्षार्थीको कामदारका रूपमा नेपाली युवालाई पठाएर सीपयुक्त बनाउने योजना अलपत्र परेको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077