Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बुवा र आमाको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

ताप्लेजुङ । आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077