Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी आक्रमण अन्त्यका लागि शान्ति सम्झौता गर्न युक्रेन तयार छ : जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग शान्ति सम्झौता गर्न न्यूनतम आधार प्रस्तुत गरेका छन् ।

जेलेन्स्कीले झन्डै साढे २ महिनादेखि जारी रुसी आक्रमण अन्त्यका शान्ति सम्झौता गर्न युक्रेन तयार रहेको बताएका हुन् । त्यसका लागि रुसी सैनिक फेबु्रअरी २४ अघिको अवस्थामा फर्किनुपर्ने शर्त अघि सारेका छन् ।

नाटोको सदस्यता लिन लागेको भन्दै रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमाथि ‘सैन्य कारबाही’ थालेको थियो । रुसले जल, स्थल र वायु तीनै सैन्य शक्ति प्रयोग गरिरहेको छ ।

सुरुवातमा युक्रेनको उत्तर, पूर्व र दक्षिण क्षेत्रबाट लगातार आक्रमण बुनेको रुसले हाल आफ्नो सम्पूर्ण शैन्य शक्ति दक्षिण क्षेत्रमा एकत्रित गरेको छ ।

आक्रमणका क्रममा हजारौंको संख्यामा सर्वसाधारण र सैनिकको मृत्यु भइसकेको छ । रुसी सेनातर्फ पनि २ हजारभन्दा बढी सैनिक मारिइसकेका छन् । आक्रमणबाट भइरहेको जनधनको क्षति रोक्न दुवै पक्ष पटक–पटक वार्तामा बसे पनि निष्कर्ष निस्कन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077