Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मारिउपोलका अधिकांश भूभाग रुसी सेनाद्धारा कब्जा, स्टिल कारखानामा फसेका नागरिकको उद्धार

एजेन्सी । युक्रेनको मारिउपोलस्थित एजोभ्स्टल स्टिल कारखानामा फसेका सबै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उद्धार गरिएको छ ।

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शनिबार टेलिग्राममार्फत मारिउपोलको त्यस भागको मानवीय कामबारबाही सकिएको बताएकी छन् ।

मारिउपोलका अधिकांश भूभाग रुसी सेनाले कब्जा गरेको छ । तर, सोभियतकालीन स्टिल कारखानामा आश्रय लिएको युक्रेनी सेनाको अन्तिम टुकडीले रुसी सेनाको प्रतिरोध गरिरहेको छ ।

सो कारखाना दस हप्ता लामो युक्रेन युद्धमा दक्षिणी क्षेत्र कब्जा गर्ने रुसी प्रयासको प्रतिरोधको बिम्ब बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077