Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैशाख ३० गते कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरुमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको हो ।

३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077