Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिनले विजय दिवसमा भने - युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक छ

एजेन्सी। रूसी राजधानी मस्कोको रेड स्क्वायरमा आफ्नो विजय दिवसको भाषणमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताएका छन्। उनले रुसले सही समयमा यो निर्णय गरेको बताए ।

पुटिनले यो निर्णयलाई स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भनेका छन् । रुसी लडाकुहरूलाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताए। रसियामा विजय दिवस परेड दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रूसले गरेको विजयको सम्झनामा आयोजना गरिएको हो।

पुटिनले गत वर्षदेखि अन्य युरोपेली देशहरू र नाटोसँग तनाव उत्पन्न भएको स्वीकार गरे। उनले रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपील गरेको तर युरोपले रुसको कुरा सुन्न नचाहेको बताए ।

पुटिनले भने ,'युरोपले डोनबासमा कारबाही गर्ने योजना बनाइरहेको थियो, तर अब रुसको कारबाही त्यहीँ केन्द्रित छ।  किभमा उनीहरूले परमाणु हतियार पाउन सक्ने भन्दै थिए र नाटोले हाम्रो नजिक जमिन खोज्न थाले। यो हाम्रो देश र हाम्रो सिमानाका लागि स्पष्ट खतरा बनेको छ। सबैले लडाइँ आवश्यक छ भनी बताउँदै थिए। '

आफ्नो सम्बोधनका क्रममा पुटिनले दोस्रो विश्वयुद्धमा मारिएका रुसी र डोनबासमा लडिरहेका रुसी सैनिकहरूका लागि दुई मिनेट मौनधारण गर्न अपिल गरेका थिए। आफ्नो सम्बोधनमा पुटिनले पश्चिमी देशहरू रुसको कुरा सुन्न नचाहेको र फरक योजना रहेको बताए ।

उनले पश्चिमा देशले आफ्नो भूमिमा आक्रमण गर्ने योजना बनाएको बताए । मस्कोबाट बीबीसी संवाददाता विल भेर्ननले पुटिनले आफ्नो सम्बोधनमा अपेक्षित कुनै ठूलो घोषणा नगरेको बताएका छन्। तर उनले युक्रेनमा रुसको आक्रमणलाई औचित्य दिने प्रयास गरे। पुटिनको भाषणपछि त्यहाँ उपस्थित सैनिकहरूले ताली बजाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077