Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मंगलबार मध्यरातिदेखि सीमा नाका तीन दिन बन्द

सप्तरी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले मंगलबार मध्यरातिदेखि भारतसँग सीमा जोडिएका नाकामा आवतजावतमा रोक लगाएको छ ।

स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सीमाना जोडिएका नाकाहरू मंगलबार राति १२ बजेदेखि निर्वाचन हुने दिन शुक्रबार राति १२ बजेसम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

यसैबीच स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मंगलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ । मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना कारवाही गरिनेछ ।

जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह समेत गरिएको छ । अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह समेत गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077