Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजश्व चुहावट गर्ने अन्तरा इन्टरनेशनलविरुद्ध १७ करोड विगो माग, उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धानन विभागले नक्कली विल खरिद गर्ने श्री अन्तरा इन्नटरेनशल प्रा.लि.विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले स्थायी लेखा नम्बर ३०१८१११६१३ भएको अन्तराले राजश्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको ठहर गरेको छ ।

विभागले दायर गरेको मुद्दामा अन्तराका लेखापरीक्षकद्वय गणेश बहादुर केसी र श्याम सुन्दर यादवलाई मतियार बनाएको छ । दिपालय सिलगढी नगरपालिका–४, डोटी स्थायी ठेगाना भएका केसी र लक्ष्मीनियाँ गाउँपालिका–६, धनुषा स्थायी ठेगाना भएका यादव मतियारहरु रहेको आयोगको दावी छ ।

आयोगले मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख ४५ हजार ३११ रुपैयाँ र आयकरतर्फ ६ करोड ३ लाख ३२ हजार २४३ रुपैया गरी कुल ८ करोड ५३ लाख ७७ हजार ५५४ रुपैयाँ विगो माग गरेको छ ।

आयोगले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन सहित) को दफा २३(१) बमोजिम प्रतिवादीहरुबाट विगो असुल गरी सोही ऐनको दफा २३(१)(ग) र (४) बमोजिम कैद तथा दफा २३(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत जरिवाना समेत गरी १७ करोड ७ लाख ५५ हजार १०८ रुपौया मागदावी लिई अभियोगपत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077