Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजश्वद्वारा विदेशी विनिमय ऐन विपरित काम गर्ने पाँच जनाविरुद्ध मुद्दा दायर, झण्डै ३३ लाख विगो माग

काठमाडौं । राजश्व अनुसन्धान विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ विपरित काम गरेको अभियोगमा पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग ३२ लाख ९१ हजार ३५० रुपैयाँ विगो मागदावी गरी २५ गते नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले नवलपरासी (ब.सु.प.) सरावल गाउँपालिका–४ वडसारी भई भारतीय आधार कार्ड नम्बर २२५२ ५३६० ०२६८ का २१ वर्षिय समिर खान, नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका–४ स्थायी ठेगाना भएका ३५ वर्षिय योगेन्द्र यादव, नवलपरासी (ब.सु.प.) बर्दघाट नगरपालिका–१३ स्थायी ठेगाना भएका ३९ वर्षिय कृष्णप्रसाद काफ्ले उपर मुद्दा दायर गरेको हो ।

त्यसैगरी विभागले नवलपरासी (ब.सु.प.) हुप्सीकोट गाउँँपालिका–३ गिरुवारी स्थायी ठेगाना भएका ४८ वर्षिय इश्वरी प्रसाद रेग्मी र नवलपरासी (ब.सु.प.) सुस्ता गाउँपालिका–२ फेनराबजार स्थायी ठेगाना भएका ४१ वर्षिय रमेश कलवारविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

विभागले समिर खान, योगन्द्र यादव, कृष्ण प्रसाद काफ्ले र इश्वरी प्रसाद रेग्मीले विदेशी विनिमय(नियमित गर्ने) ऐन २०१९ को दफा ३, ४ र ५ तथा अन्य सम्बद्ध कानून विपरितको कसुर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077