Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • श्रीलंकामा हिंसात्मक झडप हुँदा सांसदसहित ५ जनाको मृत्यु

    श्रीलंकामा हिंसात्मक झडप हुँदा सांसदसहित ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 960
    SHARES

    एजेन्सी । श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी कम्तीमा १५० जना घाइते भएका छन् ।

    सत्तारूढ दलका सांसद अमरकीर्थी अथुकोरालाले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    त्यसपछि प्रहरी, सरकार समर्थक र विरोधीबीच भइरहेको लगातारको झडपमा परी थप ३ जनाको ज्यान गएको छ।



    कोलम्बोमा भएको झडपका घाइतेको उपचार भइरहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार