Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • श्रीलंकाका स्पिनर हसरंगाले लिए टेष्ट क्रिकेटबाट सन्यास

    श्रीलंकाका स्पिनर हसरंगाले लिए टेष्ट क्रिकेटबाट सन्यास

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 507
    SHARES

    एजेन्सी । श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । हसरंगाले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएका हुन् ।

    उनले टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय फम्र्याटमा भने निरन्तर खेल्ने श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।



    हाल क्रिकेट जगतमा उत्कृष्ट लेगस्पिनर तथा अलराउन्डरको छवि बनाएका हसरंगाले २०२० मा दक्षिण अफ्रीकाविरुद्ध सेन्चुसरियनमा टेस्टमा डेब्यू गरेका थिए ।



    उनले ४ टेस्ट खेलमा १९६ रन बनाउनुको साथै चार विकेट लिएका छन् । उनले पछिल्लो पटक २०२१ अप्रिलमा बंगलादेशविरुद्ध घरेलु मैदान पालेकेलेमा अन्तिम टेस्ट खेल खेलेका थिए ।

    उनले ४८ ओडीआई खेलमा ६७ विकेट लिएका छन् । ब्याटिङतर्फ उनले ४ अर्धशतकसहित कुल ८३२ रन बनाएका छन् । त्यस्तै ५८ टी-२०आई खेलमा ५३३ रन बनाउनुको साथै ९१ विकेट लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार