Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • श्रीलंकाका पूर्वप्रधानमन्त्री राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज

    श्रीलंकाका पूर्वप्रधानमन्त्री राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 678
    SHARES

    फाइल तस्विर

    एजेन्सी । श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध हटेको छ ।

    पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व प्रान्तीय परिषद् सदस्य कञ्चना जयरत्नेविरुद्धको यात्रा प्रतिबन्ध फोर्ट मजिस्ट्रेट अदालतले बुधबार खारेज गरेको हो ।



    गत वर्षको मे ९ मा कोलम्बोमा सरकारविरुद्ध भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा घातक हमला गराएको अभियोगको अनुसन्धानलाई दृष्टिगत गरी राजपाक्षसहित अन्य व्यक्तिमाथि विदेशयात्राको प्रतिबन्ध लगाइएको थियो ।



    अदालतको आदेश अध्यागमन अधिकारीसमक्ष पुर्‍याउने निर्देशन पनि न्यायालयले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार