Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

आमिर खानकी छोरीले बिकिनीमै मनाइन् जन्मदिन

काठमाडाैँ । बलिउडका सुपरस्टार भनिने आमिर खानकी छोरी आइरा खानले आफ्नो जन्मदिन परिवार र नजिकका साथीसँग मनाइन् ।

यो विशेष अवसरका लागि आमिरका पूर्व पत्नीद्वय रिना दत्त र किरण राव सँगै देखिए । आइराका प्रेमी नुपुर शिखरे र सौतेनी भाइ आजादलाई पनि उक्त कार्यक्रममा देखियो ।

गर्मी लागेसँगै पुल पार्टीभन्दा अरु राम्रो विकल्प के होला र ? आइराले आफ्नो जन्मदिन मनाउन यही अवधारणा अपनाइन् । उनको जन्मदिनका केही तस्बिर चर्चाको विषय बनेको छ । आइराले जन्मदिनको केक काट्दै गर्दा आमिर, आजाद र रिना उनको नजिकै थिए ।

उनका जन्मदिनका तस्बिरमा धेरैले निकै नराम्रो कमेन्ट पनि गरेका छन् । धेरैले आइरा खानको भिन्न शैलीको आलोचना गरेका छन् । कतिले भने केट काट्नुभन्दा अघि ड्रेस चेन्ज नगरेको भन्दै उनको ‘संस्कार’ माथि पनि प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077