Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु

    इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.1K
    SHARES

    गाजा – वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ ।

    इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ ।



    सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ । आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ ।

    अक्लेह अल जजिराको अरबी समाचार सेवामा एक प्रमुख व्यक्तित्व थिइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार