Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयवासीको नियन्त्रणमा

इलाम । नेकपा एमालेको तर्फबाट सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन्।

उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ। उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ।

मौन अवधिमा दुवैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले नियन्त्रणमा लिएकोमा सशस्त्र प्रहरीले पनि आफ्नो नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलका इलाम प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि उनीहरूलाई सुरक्षाका लागि राखिएको बताए।

मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए। आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077