Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सीमा नाका बन्द गराउन नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती

वीरगञ्ज । भोली हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ ।

मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द भएको छ । यसबारे जानकारी नपाएका कारण नेपाल आउन खोजेका भारतीय नागरिकलाई बुधबार सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फिर्ता पठाइदिएका छन् भने नेपाली नागरिकको हकमा परिचय पत्र देखाएपछि आउन दिईएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि भनिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिएको छ ।

मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले भारतीय समकक्षीसँगको समन्वयमा सीमा बन्द कडाइका साथ गरिरहेका छन् । सीमा क्षेत्रमा खटिएका उनीहरुले सर्वसारधणलाई आउन जान रोकेका छन् ।

मधेस प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका छन् । भारततर्फ सीमा नाका मात्रै हैन सीमा क्षेत्र नै खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज–रक्सौल नाका हुँदै बुधबार बिहान थुप्रै भारतीय नागरिक नेपाल छिर्न खोजेका थिए । वीरगञ्जलगायत नेपालका विभिन्न सहरमा कामका लागि आउन खोजेका उनीहरूलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले फिर्ता पठाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077