Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा प्रहरीको आडमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस र माओवादीका नेता स्थानीयको नियन्त्रणमा(भिडियोसहित )

चितवन । मध्यरातमा सुकुम्बासी क्षेत्रमा पैसा बाँडेको आरोपमा काँग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी लगायतलाई भरतपुरका स्थानीय बासिन्दाले  नियन्त्रणमा लिएका छन् ।

उनीहरु रातको १ बजे बा १६ च ७५४४ नम्वरको स्कारर्पियो गाडीमा मतदाता प्रभावित पार्ने खालको मतपत्र लिएर हिडेका थिए । भरतपुर-१३ रामजानकी टोलका स्थानीय बासिन्दाले पैसा बाँड्दै मतदाता प्रभावित पार्न हिडेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।

उक्त  गाडीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका स्वकीय सचिव निशा न्यौपाने पनि थिइन् ।

उनीहरुको साथबाट नमुना मतपत्रको चिट खोसेर स्थानियले च्यातिदिएका छन् ।

गाडीमा पैसा लुकाएको हुनसक्ने भन्दै गाडी खानतलासी गर्न खोज्दा प्रहरीले अवरोध गरेको स्थानीयले बताएका छन् । सो क्रममा स्थानियले फोटो र भिडियो खिच्न लाग्दा वाइसियलका कार्यकर्ताले मोवाइल समेत फालिदिएका थिए ।

यस बिषयमा चितवनका एसपी नवराज अधिकारीसँग प्रतिक्रिया लिनखोज्दा उनले फोन उठाएनन्।

भिडियो खिचेको भन्दै वाइसियलका कार्यकर्ताले प्रहरीको आडमा कुटपिट समेत गरेको स्थानियको भनाइ छ । उनीहरुलाई प्रहरीले उद्धार गरेको थियो ।

हेर्नुहोस् नारायणी अनलाइनले हालेको भिडियो : 

https://www.facebook.com/NarayaniOnline/posts/5561576250520684

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077