Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शान्तिपुर मतदान केन्द्रबाट प्रचण्ड र मेयर उम्मेदवार रेनुले गरे मतदान

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन् ।

भरतपुर महानगरपालिका–१४ शिव नगरमा रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी प्रचण्ड पुत्री रेनु दाहालले पनि भरतपुर महानगरपालिका—१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी छन् ।

आज ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077