Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदानपछि प्रचण्डले भने - जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन् ।

भरतपुर महानगरपालिका–१४ शिव नगरमा रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी प्रचण्ड पुत्री रेनु दाहालले पनि भरतपुर महानगरपालिका—१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी छन् ।

मतदानपछि अध्यक्ष प्रचण्डले प्रतिक्रिया दिंदै भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’

राजनीतिक रुपले अप्ठ्यारो स्थितिमा आफूहरुले गठबन्धन गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077