Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदान केन्द्रमै ओलीमाथि देउवाको कटाक्ष–मतदान गर्नुभयो होला

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहपालिका गन्यापधुरा वडा नं १ को मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानकै लागि तीन दिन अघि गृहजिल्ला पुगेका प्रधानमन्त्री देउवाले केहीबेर अघि मतदान गरेका हुन् ।

मतदानलगत्तै प्रधानमन्त्री देउवाले चुनाव हुँदैन भन्ने केपी शर्मा ओलीजीले पनि मतदान गर्नुभयो होला भन्दै जिज्ञाशा राखेको शैलीमा कटाक्ष गरेका थिए ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले भने–‘चुनाव हुँदैन भन्ने केपी शर्मा ओलीजीले पनि मतदान गर्नुभयो होला ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका थिए ।

मतदानपछि प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचन नै लोकतन्त्रको मूल स्तम्भ भएकाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077