Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साइत हेराएर ११ः०३ बजे मतदान गरेका बालेन शाहले भने – जित निश्चित छ

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदार बनेका बालेन शाहले आफ्नो जित निश्चित भएको बताएका छन् ।
ज्योतिषीबाट साइत हेराएर ११ः०३ बजे मतदान गरेका उनले जित निश्चित भएको दावी गरेका हुन् ।

मतदानलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफ्नो जित निश्चित रहेको दाबी गरेका हुन् । शाहले काठमाडौं– ९ गैरीगाउँमा रहेको अन्नपूर्ण स्कूलको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यसअघि एकपटक मात्रै मतदान गरेको अनुभव रहेको बताएका उनले यसपालीको मतदानमा धेरै फरक अनुभव संगालेको बताए ।

बालेनले आफू ज्योतिषशास्त्रमा विश्वास राख्ने भएकाले साइत हेरेर मतदान गरेको स्वीकार गरे । उनले भने–‘ज्योतिषशास्त्र पनि विज्ञान हो । म यसमा विश्वास गर्छु । म इन्जिनियरसँगै एस्ट्रोलोजीको पनि विद्यार्थी भएकाले साइत हेरेर ११ बजेर ३ मिनेटमा भोट हालेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077