Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान, छिटफुट घटना बाहेक शान्तिपूर्ण भएको आयोगको दावी

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रारम्भिक तथ्यांकअनुसार देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् ।

प्रवक्ता पौडेलले शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिए । उनले भने–‘कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वाडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको छ । अपराह्न २ बजेसम्म देशभर करिब ४१ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ ।’

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077