Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतदानको दिन विहानै संसद भवन नजिकै सिलिण्डर बम विस्फोट, किन घटनालाई गुपचुप बनायो प्रहरीले ?

काठमाडौं । निर्वाचनको दिन आज विहानै राजधानीको शान्तिनगरस्थित सडकमा भएको सिलिन्डर बम विस्फोटको घटना गुपचुप राखिएको पाइएको छ । घटनामा कुनै क्षति भने भएको छैन ।

आज बिहान २ बजे नै बम विस्फोट भएपनि प्रहरीले यसलाई गोप्य राखेको छ । काठमाडौं प्रहरी स्रोतका अनुसार बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डरमा आगो लगाएर विष्फोट गराएको हो ।

राती २ बजे ग्यास सिलिण्डरमाथि कपडा राखी आगो लगाइदिएर एक युवक फरार भएका थिए । प्रहरीले ति युवकको बारेमा खोजी जारी राखेको छ ।

ति व्यक्तिको खोजीमा काठमाडौं प्रहरीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भए पनि अहिलेसम्म प्रहरीले सफलता पाउन सकेको छैन ।

प्रहरीले निर्वाचनको विरोधमा रहेको कुनै समूहले विष्फोट गराएको हुनसक्ने आशंका गरिएको छ ।

घटनास्थलबाट ‘नेकपा सिवादी’को एउटा पर्चा भेटिएको प्रहरीले जनाएको छ । घटना भएको १४ घण्टा वितिसक्दा पनि प्रहरीले अहिलेसम्म कुनै सुराक पाउन सकेको छन् ।

काठमाडौं बाहेक अन्य कतिपय स्थानमा विस्फोट भएका विवरणहरू आएका छन्। गृह मन्त्रालयका अनुसार दाङमा एक उम्मेदवारको घरमा पनि विस्फोट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077