Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंलादेशले लगायो सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक

एजेन्सी । बङ्गलादेश सरकारले सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

बङ्गलादेश सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको छ ।

त्यसमा कोभिडपछि देशको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट सरकारी अधिकारीको विदेश भ्रमणमा रोक लगाइएको हो ।

सरकारको कार्यक्रमलाई सहयोग गर्न पनि त्यहाँको अर्थ मन्त्रालयले आग्रह गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बङ्गलादेशको केन्द्रीय बैंकले विलासिता र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077