Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सोलुखुम्बुमा दोहोरो झडप हुँदा एकको मृत्यु, तीनजना पक्राउ

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ ।

मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको हो ।

शुक्रबार साँझ भएको घटनामा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् ।

घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077