Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बाराका ६ वटा वडामा मतगणना सकियो, कसले कहाँ जिते ?

    बाराका ६ वटा वडामा मतगणना सकियो, कसले कहाँ जिते ?

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    कलैया । बारा जिल्लाका ६ वटा वडामा मत गणना सकिएको छ ।

    मतगणनाअनुसार कांग्रेसले ३, एमालेले २ र जसपाले एक वडामा जित हासिल गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनी सोही पदमा निर्वाचित भएका थिए ।



    यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका छन् । वडा नम्बर २३ मा नेकपा ९एमाले० र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।



    त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार