Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चुनाव भएको ११ दिनपछि बाजुरामा मतगणना सुरु

    चुनाव भएको ११ दिनपछि बाजुरामा मतगणना सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 714
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लामो समयदेखि मतगणना हुन नसकेको बाजुरामा साढे ३ बजेदेखि सुरु भएको छ । ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुरेको सहमति अनुसार मतगणना सुरु भएको हो ।

    मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो ।



    आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्ष विहीन बनेको थियो ।



    तेस्रो पटक बोलाएको बैठकमा विमति जनाउँदै आएको नेकपा एमाले पनि सहभागी भएपछि मतगणना गर्ने सहमति बनेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार