Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा मतगणना रोकियो

चितवन । भतरपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ ।

मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि भरतपुर महानगरपालिकाको मत गणना स्थगित भएको हो ।

मत चिन्हभित्र पर्ने गरेर छाप लगाएपनि संकेत मधुरो देखिएका कारण बदर गरेको विषयमा एमालेले आपत्ति जनाएको हो ।

विवादका कारण गणना स्थलभित्र होहल्ला चलेको थियो । मत संकेत मधुरो भएपनि त्यसलाई सदर गर्नुपर्ने एमालेको माग रहेको छ ।

गणना स्थलबाट बाहिर आएका एमालेका प्रतिनिधि अस्विन घिमिरेले त्यस्तो मत सदर गर्नु पर्ने आफुहरको माग रहेको बताए । भरतपुरमा वडा नम्बर १ को गणना सकिएर २ को गणना भइरहेको छ ।

पछिल्लो परिणामअनुसार यहाँ नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६७ र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077