Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुरमा मतगणना रोकियो

    भरतपुरमा मतगणना रोकियो

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    चितवन । भतरपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ ।

    मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि भरतपुर महानगरपालिकाको मत गणना स्थगित भएको हो ।



    मत चिन्हभित्र पर्ने गरेर छाप लगाएपनि संकेत मधुरो देखिएका कारण बदर गरेको विषयमा एमालेले आपत्ति जनाएको हो ।



    विवादका कारण गणना स्थलभित्र होहल्ला चलेको थियो । मत संकेत मधुरो भएपनि त्यसलाई सदर गर्नुपर्ने एमालेको माग रहेको छ ।

    गणना स्थलबाट बाहिर आएका एमालेका प्रतिनिधि अस्विन घिमिरेले त्यस्तो मत सदर गर्नु पर्ने आफुहरको माग रहेको बताए । भरतपुरमा वडा नम्बर १ को गणना सकिएर २ को गणना भइरहेको छ ।

    पछिल्लो परिणामअनुसार यहाँ नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६७ र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार