Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भूकम्प पीडितलाई १ करोड सहयोग गर्ने भरतपुर महानगरको घोषणा

    भूकम्प पीडितलाई १ करोड सहयोग गर्ने भरतपुर महानगरको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 645
    SHARES

    चितवन । चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि लागि एक करोड रुपैयाँ दिने भएको छ ।

    आइतबार बसेको महानगरको ८७ औँ कार्यपालिका बैठकले भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।



    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग गर्ने उद्देश्यले सहयोग गर्ने निर्णय भएको जानकारु दिइन्।



    महानगरका जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग संकलन गरेर एक करोड रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्न लागिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार