Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुर महानगर बजेट : गौतम बुद्ध रंगशालालाई ३ करोड छुट्याइयो

    भरतपुर महानगर बजेट : गौतम बुद्ध रंगशालालाई ३ करोड छुट्याइयो

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 1.3K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाले बजेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको छ ।

    तेह्रौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाले रंगशालाको काम पूरा गर्नका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ।



    अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कार्य पुरा गर्नका लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी गर्ने बजेट वक्तव्यमा उल्लेख छ।



    त्यस्तै, महानगरले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरू समयमै सम्पन्न गर्नको लागि १ अर्ज ६५ करोड रुपैयाँ विनियोजन गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार