Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भरतपुर महानगरको बेथितिविरुद्ध एक वर्षमा १४७ उजुरी

    भरतपुर महानगरको बेथितिविरुद्ध एक वर्षमा १४७ उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 552
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाबिरुद्ध सरकारका विभिन्न निकायमा १४७ वटा उजुरी तथा गुनासो परेका छन् ।

    काममा भएका बेथिति, ढिलासुस्ती तथा सुशासनमा प्रश्न उठाएर विभिन्न सरोकारवाला पक्ष तथा व्यक्तिले महानगरको विरुद्धमा सरकारका विभिन्न निकायमा उजुरी तथा गुनासो गरेका हुन् ।



    महानगरले गरेका विभिन्न कामबाट असन्तुष्ट सरोकारवाला पक्षले गत आर्थिक वर्षभरिका कार्यशैली तथा सुशासनमा प्रश्न उठाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेल्लो सरकार, सतर्कता केन्द्र र महानगरमा नै गरी ती उजुरी परेको हो ।



    भरतपुर महानगरपालि आफैंले जिल्लाका सरकारी कार्यालयहरूको वर्षिक कार्य प्रगति समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनअनुसार महानगरविरुद्धमा गत आर्थिक वर्षमा उक्त उजुरी परेका हुन् ।

    तीमध्ये सबैभन्दा धेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ९६ वटा छन् । ९० वटा फर्च्छ्यौट भइसकेको छ । बाँकी ६ वटाको भने जवाफ पठाएको महानगरपालिकाले जनाएको छ ।

    महानगरका अनुसार सुशासन तथा विभिन्न आयोजना, विद्यालय, बजार अनुगमनलगायतका विषयमा उजुरी परेका छन् ।

    त्यसैगरी हेलो सरकारमा ४३ वटा उजुरी परेको थियो । तीमध्ये ८ वटाको जवाफ पठाएको, बाँकी ३५ वटाको टुंगो लागिसकेको पनि प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय सतर्कता केन्द्रमा एउटामात्रै उजुरी परेको छ । सतर्कता केन्द्रको उजुरी भने टुंगिन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार