Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भरतपुर महानगरले भूकम्प पीडितलाई एक करोड सहयोग गर्ने

    भरतपुर महानगरले भूकम्प पीडितलाई एक करोड सहयोग गर्ने

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 852
    SHARES

    चितवन। चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ ।

    महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।



    महानगरको निर्णय अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।



    महानगरपालिकाले जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम जम्मा गर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार