Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रेनु र देउजाको फोटो इडिट गरी भाईरल बनाउने रविका दुई कार्यकर्ता पक्राउ

    रेनु र देउजाको फोटो इडिट गरी भाईरल बनाउने रविका दुई कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको सामाजिक सञ्जालमार्फत बदनाम गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् ।



    मेयर दाहाल र पत्रकार सन्तोष देउजाको फोटो सामाजिक सञ्जालमा राखेर बदनाम गराएको आरोपमा चितवन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शर्माले भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए ।

    मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार