Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भरतपुर महानगरकी प्रमुख दाहाल र चिनियाँ राजदूतबीच भेट, मेट्रोरेल चलाउन चीनसँग प्रस्ताव

    भरतपुर महानगरकी प्रमुख दाहाल र चिनियाँ राजदूतबीच भेट, मेट्रोरेल चलाउन चीनसँग प्रस्ताव

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 798
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच भरतपुर महानगरपालिकामा बुधबार शिष्टाचार  भेटवार्ता भएको हो ।



    भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको बताईएको छ ।



    भेटवार्ता क्रममा महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिका क्षेत्रमा मेट्रो रेल चलाउन चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव गरेकी छन् ।

    त्यस्तै, दाहालले भरतपुर महानगरीय नेपाल-चाइना मैत्रीपार्क निर्माणका लागि सहयोग प्रस्ताव राजदूत चेन सोङसँग गरेकी छिन्।

    प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई निम्तो पनि दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार