Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मतगणनामा समेत गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले जसरी पनि जित्न धाँधलीको साहार लिएको आरोप लगाएको छ।

एमाले महासचिव शंखर पोखरेलले एक वक्तव्य जारी गर्दै सत्ता गठबन्धनले लोकतन्त्रको खिल्ली उडाउँदै गरेको यस्तो गरेकोमा खेदसमेत व्यक्त गरेको छ।

एमालेले निर्वाचनमा गृह प्रशासन गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको आरोपसमेत लगाएको छ।

मतगणनाको सयममासमेत गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप छ।

सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत एमालेले आरोप लगाएको छ । नेकपा एमालेले निर्वाचन शुरु हुनु भन्दा अगाडि, मतदानको समयमा र मतगणनाको समयमा गठबन्धनले गरेका कार्यहरुप्रति खेद ब्यक्त गर्दै बक्तब्य जारी गरेको उल्लेख गरेको छ ।

निर्वाचन शुरु हुनुअघि, मतदानको समयमा र मतगणनाको समयमा गठबन्धनले नाँचो नाच देखाएको एमालेको आरोप छ।

१५ बुँदे बक्तव्यमा एमालेले पुनः मतदान र मतगणनाका लागि दिएको गम्भिरताकासाथ ध्यान दिन सम्बन्धिन निकायसँग एमालेले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077