Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सत्ता गठबन्धनले धाँधली गरेको एमालेको आरोपप्रति गगन थापाको जवाफ - एमालेले प्रत्येक मतदाताको अभिमतको अवमूल्यन गर्‍यो

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले जसरी पनि जित्न धाँधलीको साहार लिएको आरोप लगाएपछि कांग्रेस महामन्त्री गगन थापाले आपत्ति जनाएका छन्।

एमाले महासचिव शंखर पोखरेलले एक वक्तव्य जारी गर्दै गृह प्रशासन निर्वाचनमा गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको आरोप समेत लगाएको थियो।

कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सन्जालमा एमालेलाई जवाफ लेख्दै भनेका छन् , 'मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण

आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो। '

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077