Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भरतपुर महानगरमा रेनु दाहाल पछि परिन

भरतपुर । माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा पछि परेकी छन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका हुन्।

भरतपुर महानगरपालिकामा ७४७७ मत गणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २६७९ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले २६९३ मत प्राप्त गरेका छन्।

त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077