Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भरतपुर महानगरपालिका अपडेट : रेनु दाहालले मतान्तर घटाइन

भरतपुर ।  भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर घटाउँदै विजय सुवेदीलाई पछ्याएकी छन् ।

पछिल्लो मतअनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग १० मतले पछाडि छन्।

७७७७ मत गणना गर्दा रेनुले २७९६ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले २८०६ मत प्राप्त गरेका छन्। यो १० मतको अन्तर हो।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९०३ मत प्राप्त गरेका छन्।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३ हजार ७६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले २ हजार २३८ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077